गुल्मीमा जिप दुर्घटनामा १ को मृत्यु ४ घाइते


अनिल खत्री, गुल्मी ।

गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छन् । जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर–३ ठूलो लुम्पेको बुटिसगैरामा रिडीबाट ठूलो लुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सत्यवति गाउँपालिका–३ सिङदी निवासी ६८ वर्षिय ललतिादेवी सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी)मिनबहादुर घलेले बताउनु भयो । दुर्घटनामा सत्यवति–३ घरभएका २२ वर्षिय राजन राहडी, २२ वर्षिय देबबहादुर बिक, ७ वर्षिय बिरेन्द्र सिंजाली र २३ वर्षिय अनिल बिक घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते सबैको गएराति नै स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा पठाइएको थियो । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।