लिपुलेकमा भारतीय हस्तक्षेप सैह्य हुँदैन : प्रचण्ड


न्युज अफ नेपाल , दाङ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ ।

दाङ्को घोराहीमा अध्यक्ष प्रचण्डले यो समस्या समाधान गर्न सरकारले पहल थालिसकेको बताउनुभयो ।

आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनुभयो ।

उहाले प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने कुरामा आफूहरु सकारात्मक रहेको पनि बताउनुभयो ।प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा उहाँले पूर्वसभामुख कृष्णबहादुर महराले केही त्रुटि गरेको औल्याउँदै त्यो अपराधिक नभै नैतिक त्रुटि भएको बताउनुभयो । अब महरा नयाँ शीराबाट जनताको सेवा गर्ने गरि आउनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।