सूर्य अवार्ड फेरि टोकियोमै

0
Shares

आगामी मंसिर ८ गते जापानको टोकियोमा हुने सूर्य इन्टरनेसनल अवार्ड–२०१८ को उत्कृष्ट–३ मनोनय सूची राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ।
अवार्डमा यसपटक ६ फिल्म र ६ संगीतका विधालाई समेटिएको छ।

अवार्ड अगाडि जापानमा साताव्यापीरूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ। जसमा स्थानीय मिडियाकर्मीसँगको भेटघाट, फिल्म र पर्यटनसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरू हुने आयोजकले जनाएका छन्।

समारोहमा फिल्मकर्मी नीर शाहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, एक दशकलामो फिल्मी यात्रा तय गरेका फिल्मकर्मीलाई फिल्मकर्मी सम्मान र एक पत्रकारलाई फिल्म पत्रकारिता सम्मान पनि प्रदान गरिनेछ। त्यसै गरी क्रिटिक्सको नजरमा उत्कृष्ट भएका निर्देशक, अभिनेता र अभिनेतृलाई पनि अवार्ड प्रदान गरिनेछ।