ट्रेलरमा मिस्टर नेपाली

0
Shares

आगामी कात्तिक २९ गते अल नेपाल रिलिज हुने फिल्म मिस्टर नेपालीको ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा अभिनेता भुवन केसी दोहोरो भूमिकामा देखिएका छन्। ट्रेलरमा उनी एक भूमिकामा खलपात्रका रूपमा देखिएका छन्।

फिल्ममा भुवनका साथमा विष्णु सापकोटा, रवि डंगोल, कमलमणि नेपाल, नन्दु श्रीवास्तव, रीमा विश्वकर्मालगायतका कलाकारले अभिनय गरको छन्। यही फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउत फिल्म क्षेत्रमा भित्रिँदै छन्।  देव भुसालको लेखन र निर्देशनमा बनेको फिल्ममा निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन्।