नौ जुवाडे प्रहरी नियन्त्रणमा

0
Shares

काठमाडौं, (नेस)।महानगरीय प्रहरी वृत्त महाराजगन्जले जुवातास खेलिरहेको अवस्थामा नगद २ लाख ४ हजार ४३ रुपियाँसहित ९ जनालाई पक्राउ गरेको छ।

कात्तिक २ गते एरिया गस्ती गर्ने क्रममा टोखा नगरपालिका–१० भण्डारी टोल घर भएका ५७ वर्षीय जितबहादुर केसी घरमा जुवातास खेलिरहेको अवस्थामा घर धनीसहित ९ जनालाई पक्राउ गरिएको छ।

निजहरूको साथबाट नगद २ लाख ४ हजार ४३ रुपियाँ र १६ बुक तास बरामद गरेको छ। घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।