आजदेखि एक हप्ता सम्म दशैँका लागि नयाँ नोट साट्न सकिने


काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि नयाँ तथा सुकिलो नोटको सटही  सुरु गर्दैछ। बैंकले बिहान १० बजेदेखि नोट सटहीको व्यवस्था मिलाएको छ।

राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका विभिन्न शाखा कार्यालयबाट एक हप्तासम्म अर्थात् असोज १७ गतेसम्म नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारका साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ। यो बर्ष राष्ट्र बैंकको थापाथली शाखामा भने नयाँ नोट साट्न नपाइने भएको छ ।

राष्ट्र बैंकले थापाथलीमा नयाँ नोट सटहीको व्यवस्था नगरिएको बताएको छ। एकजना व्यक्तिले ५, १०, २०, ५० र १ सय दरका एक/एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउनेछन्। आफ्नो खाता भएका बैंक तथा वित्तिय संस्थाबाट पनि सिमित मात्रामा नयाँ तथा सुकिलो नोट सटही गर्न सकिने जनाईएको छ।