रेन्डी–नेपाल भेटवार्ता

0
Shares

काठमाडौं, (नेस)। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम् वैदेशिक मामिला विभाग प्रमुख माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ।

बिहीबार विहान पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्धको लामो इतिहासको स्मरण गर्दै विकसित पछिल्ला घटनाक्रमहरू, नेपालका लागि अमेरिकी सहयोग, नेपालको विकासको सम्भावनाहरू तथा दुई देशबीचको पारस्पारिक सम्बन्धका विविध पक्षमा कुराकानी भएको छ। भेटवार्ताले दुई देश बीचको कूटनीतिक सम्बन्धमा थप सकारात्मक योगदान दिनेछ।