न्यौपानेको सम्पदा लडाइँ

0
Shares

पत्रकार एवं साहित्यकार दामोदर न्यौपानेको सातौं कृति सम्पदा लडाइँविमोचन गरिएको छ। राजधानीको वसन्तपुरस्थित डबलीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको विमोचन गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि गीतकार दुर्गालाल श्रेष्ठले सम्पदा लडाइँको सार्वजनिक गर्नुभएको हो। पुस्तक सार्वजनिक गर्दै उहाँले नेपालका हजारौं सम्पदालाई जोगाउन सबैले आ–आफ्नो ठाउँबाट सक्दो पहल गर्नुपर्ने बताउनुभयो।

पाको पुस्ताले समेत वास्ता गर्न छोडेको सांस्कृतिक सम्पदाको जगेर्नामा युवा पुस्ता न्यौपानेको पहल अत्यन्तै प्रशंसनीय रहेको भन्दै श्रेष्ठले सार्वजनिक पुस्तक सम्पदा लडाइँसम्पदा मिच्नेहरूका लागि बलियो अस्त्र रहेको बताउनुभयो।

कार्यक्रममा अधिवक्ता प्रकाशमणि शर्मा, सम्पदाविद् रवीन्द्र पुरीलगायतले मासिन लागेका सम्पदालाई हामी सबैले मिलेर जोगाउनुपर्ने विचार व्यक्त गर्नुभएको थियो।

प्रस्तुत पुस्तकमाथि समीक्षा गर्दै साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीले पत्रकार न्यौपानेको पुस्तकले हाम्रा इतिहासलाई बचाइराख्न सहयोग पुग्ने बताउनुभयो। पु

स्तक आत्मपरक शैलीमा लेखिएको भए पनि भाव र विचार बलियो रहेकाले यो एउटा संग्रहणीय पुस्तक रहेको पनि उहाँको भनाइ थियो।हाम्रा सांस्कृतिक सम्पदाहरू जोगाउन कहाँकस्ता समस्या आए त ?

अथवा अझै कहाँके भइरहेका छन् भन्ने विषयमा आफूले लामो समयदेखि पत्रपत्रिकामा कलम चलाउँदै आएको र यो पुस्तक तयार गरेको लेखक दामोदर न्यौपानेले जानकारी दिए। कार्यक्रममा यिनै विषयवस्तुमा केन्द्रित रहेर अतिथिहरूले पुस्तकमाथि चर्चा गरेका थिए।