पहिला स्वास्थ्य परीक्षण अनि भत्ता


नुवाकोट, (नेस)। नुवाकोटको विदुर नगरपालिका–९ ले वृद्धवृद्धाको पहिला स्वास्थ्य परीक्षण गराएर भत्ता वितरण कार्यक्रम शुरू गरेको छ।

सामाजिक सुरक्षा भत्ता बुझ्न आउँदा पहिला निःशुल्क स्वास्थ्य चेकजाँच गरी निःशुल्क औषधि दिएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।