क्याम्पस प्रमुख पार्टीको सदस्यबाट निलम्बित

0
Shares

इलाम, (नेस)। पार्टीको निर्णय नमानेको भन्दै महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख रामप्रसाद गुरागार्इंलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको सदस्यबाट निलम्बित गरेको छ।

बिहीबार पार्टीका जिल्ला अध्यक्ष रामबहादुर मगरको अध्यक्षतामा बसेको पार्टीको जिल्ला कार्य समिति बैठकले गुरागार्इंलाई निलम्बित गरेको हो।

पार्टी सदस्यसमेत रहेका गुरागार्इंले क्याम्पस सही ढंगबाट चलाउन नसकेकाले निलम्बित गरेको पार्टीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ।

नाम नखुलाउने सर्तमा पार्टीकै जिल्लास्तरका एक नेताले भने क्याम्पस प्रमुख गुरागाईंलाई पहिल्यैदेखि पार्टीले क्याम्पस प्रमुखबाट राजीनामा दिन दबाब दिँदै आएको थियो।