बिहीबार साँझ भूकम्प


काठमाडौं, (नेस)।बिहीबार साँझ गोरखा र लम्जुङको सीमा क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको छ। साँझ ६ बजेर ४९ मिनेट ४ दशमलब ७ रेक्टर स्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का छिमेकी जिल्लामा समेत महसुस गरिएको खबर केन्द्रलाई प्राप्त भएको केन्द्रका प्राविधिकले बताए। बिहीबारको भूकम्प चार वर्षअघिको गोरखा भूकम्पकै पराकम्प भएको बताइएको छ।