भावी प्रधानसेनापतिमा शर्मा


काठमाडौं, (नेस)।सरकारले भावी प्रधानसेनापतिका रूपमा हेरिनुभएका उपरथी प्रभुराम शर्माको पदावधि थप गर्ने निर्णय गरेको छ।

नेपाली सेनाभित्र स्वच्छ छविका रूपमा चिनिनुभएका उपरथी शर्माको १ वर्ष २ महिना १५ दिन म्याद थप गर्ने निर्णय गरिएको हो।

आउँदो कात्तिकबाट पहिलो पदावधि सकिँदै गरेका उपरथी शर्माको म्याद थपपछि अबको २ वर्षमा उहाँ प्रधानसेनापतिमा नियुक्त हुने बाटो सरकारले खोलिदिएको छ।

सैनिक मुख्यालयले शर्माको पदावधि थपका लागि सिफारिस गरेको थियो। उपरथीमा पदावधि थपिएसँगै शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाको उत्तराधिकारीका रूपमा हेरिएको छ।

आउँदो वैशाखमा हालका बलाध्यक्ष रथी गौरव तण्डुलले अनिवार्य अवकाश पाएपछि उपरथी शर्माको रथीमा बढुवा हुने भएको छ। शर्माले भारतबाट नेसनल डिफेन्स कोर्स (एनडीसी) गर्नुभएको थियो।