‘जलवायु परिवर्तनसँग जुध्न सामुहिक हातेमालो जरुरी’


न्युज अफ नेपाल, काठमाडौं ।
जलवायु परिर्वतनका कारण विश्वव्यापी चुनौती सिर्जना भइरहेको अवस्थामा संकट समाधानका लागि गम्भिर बन्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वको ध्यानाकर्षण गराउनु भएको छ ।

समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँले जोड दिनु भएको छ । अमेरिकाको न्यूयोर्कमा जारी
संयुक्त राष्ट्रसंघको महासभाको ७४औं महासभामा जलवायु कार्यशिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो विचार व्यक्त गर्नु भएको हो ।

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक प्रत्यक्ष प्रभावित भएको चर्चा गर्दै उहाँले अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने बताउनुभयो । ‘जलवायु परिवर्तनले संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ’, मन्त्री बस्नेतले भन्नुभयो–‘यसले पृथ्वीकोस्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ ।’

जलवायुको प्रभावले गरिब, साना र टापु मुलुक प्रभावति भएको उल्लेख गर्दै यसका लागि भइरहेका प्रयास मात्रै पर्याप्त नहुने उहाँको भनाई थियो । नेपालमा सामुदायिक वनमार्फत भएको संरक्षण अभ्यास विश्वका लागि उदाहरणीय बन्न सक्ने प्रसङ जोड्दै मन्त्री बस्नेतले नेपालले जलवायु अनुकूलन क्षमताको विकास र अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो ।