निजी मेडिकल कलेजको स्वामित्व सरकारले लिनुपर्छः अनेरास्ववियु


न्युज अफ नेपाल काठमाडौं ।
सरकार निकट विद्यार्थी संगठन अनेरास्ववियूले निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं संचालन गर्न आग्रह गरेको छ ।

निजी मेडिकल कलेज संचालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आह्वान गरेको हो । ‘राज्यको नीति नियममा बसेर सांच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं संचालन गर्न वा राज्यको नीति नियम मान्ने अन्य निकायलाई संचालन गर्ने जिम्मा दिन नेपाल सरकारलाई आह्वान गर्दछौं।’

अनेरास्ववियुका राष्ट्रिय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । विज्ञप्तिमा अनेक घुर्की ,धम्की र वितण्डा मच्चाउन छाडेर सरकारको अग्रसरतामा भएको वार्ता र निर्णय बमोजिम बढी लिएको पैसा फिर्ता गरी तत्काल भर्ना प्रक्रिया अघि बढाउन निजी मेडिकल कलेजहरुलाई आग्रह गर्नुभएको छ ।

करिब ढेड दर्जन निजी मेडिकल कलेज संचलकले मनपरी ढंगले तोकिएको भन्दा बढी शुल्क लिन नपाउने भएपछि विद्यार्थीको भर्ना नगर्ने र कलेजको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका थिए । लगत्तै अनेरास्ववियुले विज्ञप्ति जारी गरी तत्काल बढी लिएको शुल्क फिर्ता नगरे कडा कारबाही गर्ने सम्मको चेतावनी दिएको छ ।

संयोजक महरले विद्यार्थीसंग मनपरी रकम अशुल गर्ने विद्यार्थीलाई आफ्नो बढी शुल्क लिने कलेजको नाम संगठनलाई उपलब्ध गराउन जानकारी गराइएको बताउनुभयो ।

शुल्क फिर्ता नगर्ने र तत्काल भर्ना नलिने मेडिकल कलेजलाई सरकारले संचालन गर्न सरकार समक्ष आब्हान गरेका छौ–संयोजक महरले भन्नुभयो । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४१ को उपदफा २ बमोजिम शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले उचित सरकारले उचित मुआब्जा दिई स्वामित्व ग्रहण गर्न सक्ने उल्लेख छ ।