पर्वत(नेस)। पर्वतको फलेवास नगरपालिकामा नहरमा खसेर एक बृद्धको मृत्यु भएको छ । फलेवास नगरपालिका ५ खानीगाउँका ७२ वर्षिय भीमबहादुर कुँवरको गाउँको सिँचाई नहरमा खसेर मृत्यु भएको हो । हिजो दिउँसो बाख्रा चराउन गएका बेला हराएका कुँवरको आज बिहान नहरमा शव भेटिएको प्रहरीले जनाएको छ ।
बाख्रा लिएर बनमा गएका कुँवर साँझ अबेर सम्म नफर्किएपछि परिवारले खोजी गरिरहेका थिए । खोजीको क्रममा आज विहान नहरमा शव भेटिएको राहाले प्रहरी चौकीका इञ्चार्ज विक्रम केसीले बताउनुभयो ।
नहरमा भेटिएको शव प्रहरीले पोष्टमार्टमा लागि पर्वत अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया