धनुषा । धनुषा प्रहरीले दुईजना भारतीयसहित चार जना डाकालाई हतियारसहित पक्राउ गरेको जनाएको छ । जनकपुरधाम उपहानगरपालिका– २ स्थित एक फर्निचर पसलमा विहीबार बिहान चोरी गर्न लागेको अवस्थामा प्रहरीको विशेष सुरक्षा योजना टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला पिप्राढी इसलामपुरका मोहम्मद ईलयास र ओजिर अंसारी छन् । यस्तै रौतहट वृन्दावन नगरपालिका १ रमैली बैरियाका गगन पटेल र विनोद प्रसाद सिंह छन् ।
पक्राउ परेका चारै जनालाई आज प्रहरीले पत्रकारसम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ । डाकाँहरुले जानकी फर्निसिंग नामक फर्निचर पसलको ताला काटेर भित्र प्रवेश गरी चोरी गरिरहेकै अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ गर्ने क्रममा डाँकाहरुले भाग्न खोज्दा प्रहरीले चलाएको गोलीबाट रौतहटका विनोद प्रसाद सिंह घाइते भएका छन् । घाइतेको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया