रुस आगामी ओलम्पिकबाट बाहिरिन सक्ने


लन्डन, (एजेन्सी)।वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) लाई डाटा उपलब्ध नगराएका कारण रुस आगामी वर्ष टोकियोमा हुने ओलम्पिकबाट बाहिरिन सक्नेछ।

रुसले ड्रग पोेजिटिभ भएका खेलाडीको ल्याब डाटा मेटेको वाडाले शंका गरेको छ। यसका बाबजुद रुसलाई प्रमाण पेश गर्न तीन साताको समय दिएको छ। वाडाका प्रमुख जोनाथन टेलरले बताए– ‘हामीसँग केही प्रमाण छन्।

जसको आधारमा भन्न सक्छौं कि रुसले ड्रग पोजिटिभ खेलाडीको डाटा मेटेको छ। यदि तीन साताभित्र आफ्नो निर्दोष साबित गर्न नसकेमा रुसलाई खेल क्षेत्रको कडाभन्दा कडा प्रतिबन्धको सामना गर्नुपर्ने हुन्छ।

यस्तै दोषी पाएमा जापानमा हुने ओलम्पिक मात्र होइन रुसले वल्र्ड च्याम्पियनसिपमा पनि सहभागी जनाउनबाट प्रतिबन्ध हुनुपर्नेछ।साथै रुसले कुनै पनि खेलको आयोजना गर्न पनि सक्नेछैन। रुसले यसै वर्ष वाडालाई सरकारी डोपिङ ल्याबको डाटा सुम्पेको थियो।

रुसले डाटा सुम्पेसँगै वाडाको प्रतिबन्धित सूचीबाट बाहिर गर्नुपर्ने पनि जनाएको छ। तर सोमबार वाडाले स्पष्ट भन्यो कि जुन डाटा दिएको हो त्यो विश्वसनीय छैन।

वाडाले दावी पनि गरेको छ कि रुसकै डोपिङ एजेन्सीका निर्देशक युरी गानुसले सम्भवतः वाडालाई सुम्पेको डाटा अविश्सनीय छ।

वाडा र रुसबीचको डोपिङ विवाद सन् २०१५ देखि नै भएको हो। वाडाले मास्को ल्याबका डाटालाई सन्देह गर्दै रुसलाई सन् २०१६ मा भएको रियो ओलम्पिकबाट बाहिर गर्न सिफारिस गरेको थियो।

तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सो सिफारिसलाई खारेज गरिदिएको थियो।