तेक्वान्दो ओलम्पिक सोलिडारिटी कोर्स शुरू


नेपाल समाचारपत्र, काठमाडौं।तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधबारदेखि शुरू भएको छ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्सको उद्घाटन गरे।

कोर्समा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरूमा डोजाङ सञ्चालन गर्दै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन्। कोर्सको सञ्चालन कोरियन प्रशिक्षक प्राडा. इन सिक ह्वाङले गर्ने छन्।

नवौं डान लिएका ह्वाङलाई नेपालका छौटौं डान लिएका प्रशिक्षक श्रीमान् थापा र पूर्ण योञ्जनले प्रशिक्षणमा सहयोग गर्नेछन्।

असोज २९ गतेसम्म सञ्चालन हुने कोर्समा छैटौं डान प्राप्त गरेका प्रशिक्षक १ जना, पाँचौं डान हाँसिल गरेका प्रशिक्षक ३१ जना, चौथो डान हाँसिल गरेका प्रशिक्षक २४ जना, तेस्रो डान हाँसिल गरेका प्रशिक्षक २५ जना र दोस्रो डान हाँसिल गरेका प्रशिक्षक ८ जनाले प्रशिक्षण लिइरहेका छन्।