नेपाल समाचारपत्र, काठमाडौं।राजधानीमा जारी साफ यू १८ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलको समीकरण पूरा भएको छ।
बुधबार हल्चोक मैदानमा समूह ‘बी’ को अन्तिम खेलमा भारतले श्रीलंकालाई ३–० ले हराएलगत्तै अन्तिम चारको टोलीको टुंगो लाग्यो। भारत समूह विजेता र बंगलादेश उपविजेताका रूपमा अन्तिम चारमा पुगेका हुन्।
भारतले अन्तिम चारमा समूह ‘ए’ को उपविजेता माल्दिभ्ससँग खेल्नेछ। त्यस्तै समूह ‘ए’ को विजेता भुटानले बंगलादेशको सामना गर्नेछ। दुईपटकको डिफेन्डिङ च्याम्पियन नेपाल भने एक अंक लिएर समूह चरणबाटै बाहिरिएको थियो। नेपाल बाहिरिएपछि तेस्रो संस्करणमा नयाँ टोली च्याम्पियन हुने पनि तय भएको छ।
भारतको जितमा गुर्किरात सिंहले २ र अमन क्षेत्रीले एक गोल गरेका थिए। सिंहले ६५औं मिनेटमा गोल गर्दै डेडलक तोडेका थिए। उनले नै ८७औं मिनेटमा अर्को गोल थपेपछि भारतको जित सुनिश्चित भयो भने अन्तिममा अमनले एक गोल गरेका थिए।
योसँगै समूहमा भारत र बंगलादेशको ४/४ अंक भएकोमा समान गोल र कार्डको संख्या उत्तिनै भएपछि समूह विजेताको छिनोफानो गोलाप्रथामा भएको थियो। जसमा भारतले बाजी मार्यो।











प्रतिक्रिया