सिटी एक्सप्रेस र ई–सेवाबीच सम्झौता


काठमाडौं, (नेस)।सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिट्यान्स कारोबार शुरु भएको छ। एक कार्यक्रमकाबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले ईसेवामा भएको रकम आफैंले सिटी एक्सप्रेसको नेपालभरी पठाउन सक्नेछन्।
त्यस्तै सिटी एक्सप्रेसका सबै एजेन्टबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ।

नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टबाट पनि सिधैं ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा शुरु हुनेछ।