एनआईसी एसिया बैंकद्वारा बीमा रकम भुक्तानी


काठमाडौं, (नेस)।एनआईसी एसिया बैंकले ल्याएको बचत खाताको योजनाअन्तर्गत विभिन्न खातावाल महानुभावलाई बीमा सुविधाअन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरेको छ।

बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी असामयिक निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ ह्जार २५३ रुपियाँ भुक्तानी गरेको छ।

यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई २६ हजार ५१९ रुपियाँ, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक ताराकुमारी बुढाथोकीलाई ६७ हजार ९३३ रुपियाँ, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञानबहादुर पराजुलीलाई ५९ हजार ९०४ रुपियाँ, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई १० हजार ४३९ रुपियाँ र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई २८ हजार ७५० रुपियाँ भुक्तानी गरेको छ।