सीईओको राजीनामा


वासिङ्टन, (एजेन्सी)।भ्यापिङको कारण हुने स्वस्थ्यमाथिको खतरा र यसको बजार व्यवस्थापनलाई लिएर व्यपक आलोचना हुन थालेकाले अमेरिकाको भ्यापिङ कम्पनी जुलका प्रमुख कार्यकारिणी अधिकारी केभिन बन्र्सले राजीनामा दिएका छन्।

यस कम्पनीले अमेरिकाभरिका आफ्नो विज्ञापनलाई फिर्ता लिन लागेको पनि घोषणा गरेको छ।

तर जुलले बन्र्सको स्थानमा एल्ट्रिया सुती कम्पनीका पूर्ववरिष्ठ अधिकारी केसि क्रोस्थवेइटलाई तत्कालै नियुक्त गरिने जनाएको छ।

एल्ट्रियाको पनि ३५ प्रतिशत लगानी रहेको जुलमाथि विगतमा आफ्नो भ्याङि उपकरणको उत्पादन बालबालिकामाथि केन्द्रित गरेको आरोप लागेको थियो।