‘भारतका पिता’


वासिङ्टन, (एजेन्सी)।अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको औपचारिक भेटपछि उनलाई ‘फादर अफ इन्डिया’ संज्ञा दिएका छन्।

दुई नेताबीच मंगलबार न्युयार्कमा भएको उक्त भेटवार्तापछिको आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भारतमा पहिला झै –झगडा, विभाजन रहेको बताउँदै मोदीले एक पिताले जस्तै ती सबैलाई एकजुट पारेको बताए।

उनी सायद ‘फादर अफ इन्डिया’ हुन्। नरेन्द्र मोदी प्रति उनको हृदयमा धेरै सम्मान भएको र आफूले धेरै मनपराएको ट्रम्पले बताए।

यसअघि ट्रम्पले पाँचौ पटक काश्मिर मामिलामा आफू मध्यस्थताका लागि तयार रहेको बताएका थिए।