बैंकर मृत


ताल्लिन, (एजेन्सी)।वेपत्ता भएको केही दिन पछि इस्टोनियाको दान्स्के बैंकका पूर्वअध्यक्षलाई प्रहरीले बुधबार मृत अवस्थामा फेला पारेको छ।

सोमबार ताल्लिन शहर स्थित आाफ्नो घरबाट हिँडेयता नफर्केदेखि प्रहरीले एभियार रेहेको व्यापक खोजी गरिरहेको थियो।

हाल अनुसन्धान भइरहेको मुद्रा अपचलन काण्डका उनी अभियुक्त नभई प्रत्यक्षदर्शी रहेको बताइएको छ।

सन् २००७ देखि २०१५ बीच विश्वका थुपैै्र देशमा रहेका यस बैंकको इटोनियाली शाखामार्फत करिब २ सय अर्ब युरो भुक्तानी गरिएको सम्बन्धमा छानबिन भइरहेको छ।