५–जी बन्ने तयारी


क्वालालम्पुर, (एजेन्सी)।मेलेसियाले अर्को महिना देशव्यापी ५ जी परियोजनाको परीक्षण गर्ने एक मन्त्रीले जानकारी दिएको छ। यो उक्त प्रविधि थालनी गर्ने पहिलो एसियाली राष्ट्र बन्ने पहलमा रहेको संकेत हो।

अर्को वर्षको शुरूबाट सरकारले अतितीव्र गतिको मोबाइल इन्टरनेट सेवाको थालनी गर्न चाहेको उनले बताए। भियतनाम र अन्य केही विकसित मुलुकजस्तो मलेसियाको टेलिकम कम्पनीले चीनको हुवावेसँग काम गर्न कुनै अप्ठ्योरोपना देखाएको छैन।

विश्वकै सबैभन्दा ठूलो टेलिकम उपकरण निर्माता हुवावे गत मेमा अमेरिकाले कालो सूचीमा राखेको थियो। अमेरिकाले हुवावेमाथि जासुसीको आरोप लगाएको थियो।