बेइजिङमा अर्को विशाल विमानस्थल उद्घाटन


बेइजिङ,(एजेनसी)।चीनको ७०औं वार्षिक दिवसको केहीदिन अगाडि नै बुधबार चीनले एघार अर्ब अमेरिकी डलर खर्च गरेर निर्माण सम्पन्न गरेको विश्वकै अदभूत नमुनाको रूपमा रहेको विशाल विमानस्थलका द्वारहरू खुला गरेको चीनको आधिकारिक समाचार निकाय सिन्ह्वाले जनाएको छ।

राजधानी बेइजिङमा निर्मित दाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार राष्ट्रपति सी जिङ्पिङले औपचारिक समारोहबीच उद्घाटन गरेका हुन्। सरकारी मिडिया आउलेट चाइना डेलीले यो विमानस्थल सात लाख वर्ग मिटरमा फेलिएको अर्थात ९८ वटा फुटबल मैदान जत्रो रहेको जनाएको छ।

विश्व विमानस्थल परिषद्का अनुसार हालको बेइजिङको विमानस्थल अमेरिकाको एटालान्टा विमानस्थलपछि विश्वकै सबैभन्दा दोस्रो ठूलो हा तर सरकारी अधिकारीहरुले बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा निकै घुइँचो लाग्न थालेकाले यस नयाँ विमानस्थलको आवश्यकताको महशुस गरिएको स्पष्ट पारेका छन्। दक्सि विमानस्थल विश्वमै एउटै भवनमा सबैभन्दा ठूलो टर्मिनले रहेको अवस्थामा चिनिने भएको छ।

सन् २०२५ भित्रमा यस विमानस्थलमा सत्र करोड यात्रु भित्राउने लक्ष्य लिइएको छ। सरकारी निकाय ग्लोबल टाइम्सका अनुसार बुधबारदेखि नै सातवटा आन्तरिक एयरलायन्सले यस नयाँ विमानस्थलबाट उडान सेवा थाल्ने भएको छ।

स्थानीय समयअनुसार अपराह्न ४ बजेर २३ मिनेट जाँदा चाइना साउदर्न एयरलायन्सको ए ३८० जेट विमानले पहिलो उडान भरेको बुझिएको छ।

यसअघि नै ब्रिटिस एयरवेज, क्याथे प्यासिफिक र फिनएयरले दाक्सिङको रुटमा उडान सेवा शुरू गर्ने घोषणा गरिसकेका छन्।

ऐतिहासिक तिँयनमेन चोकदेखि करिब ४६ किलोमिटर दक्षिणमा रहेको यस नयाँ विमानस्थलको डिजाइन ख्यातिप्राप्त आर्किटेक्ट जाहा हँदिदले गरेका हुन्।

यसको उदघाटनसँगै बेइजिङ शहर पनि विशाल दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका शहर न्युयोर्क र लन्डनको पंक्तिमा उभिएको छ।

यसैगरी सन् १९५८ मा निर्माण कार्य सम्पन्न भएको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्ममा १० करोडभन्दा बढी यात्रुले प्रयोग गरिसकेका छन्।