चिडियाघरबाट चितुवा चोरी

कानुनभन्दा माथि कोही छैन : पेलोसी


पेरिस, (एजेन्सी)। उत्तरी फ्रान्सको एउटा शहरका घरका छतैछतमा हामफाल्दै गरेको अवस्थामा पक्रिएको एउटा कालो चितुवा पुनः चिडियाघरबाट चोरी भएको सरकारी अधिकारीले बुधबार बताएका छन्।

माउवेउगे स्थित चिडियाघरका कर्मचारीले मंगलबार सो चितुवा थुनिएको खोरको ढोका फोडिएको अवस्थामा फेला पारेका थिए। गत बुधबार आर्मेन्टिएरेज शहरका बासिन्दा छतमा सो चितुवा हिँडिरहेको देखेर छक्क परेका थिए।

अग्निियन्त्रकको टोलीले आफूलाई पाल्नेको घरबाट भागेको सो छ महिने पोथी चितुवालाई पक्रन सफल भएको थियो। एकजना पशुचिकित्सकले लठ्याउने गोली हानेर करिब २० केजीको चितुवालाई पक्रन सहयोग गरेका थिए।

पशु रक्षा लिग संगठनका अधिकारी कँदेर लँघोउटीले त्यसलाई पाल्ने महिलाले निकै ैअनुशासित बनाइएकाले त्यो चितुवा आक्रमक नभएको ला भोइक्स डू नोर्ड अखबारलाई बताएका छन्।

नंग्रा छोट्याइएका त्यसको स्वस्थ्य स्थिति पनि ठिकै रहेको बताइएको छ। प्रहरी प्रशासनले स्थानीय बासिन्दाको ज्यान खतरामा पारेको अभियोगमा नाम नखुलाइएकी ती महिलाको व्यापक खोजी गरिरहेको छ।

सीसीटिभि फुटेजको आधारमा प्रहरीले चितुवा चिडियाघरबाट गायब हुनुका कारणबारे पनि छानबिन गरिरहेको छ।