सिरहाको नवराजपुर गाउँपालिकाको बिनियोजन बिधेयक सार्वजनिक


महेश सिंह ,सिरहा । सिरहाको दक्षिण भारतीय सीमावर्ती क्षेत्रमा पर्ने नबराजपुर गाउँपालिकामा मङ्गलबार २०७६र २०७५ को बिनियोजन रकम सर्बजनिक गरेको छ् । गाउँपालिकामा जम्मा रकम २८ करोड १८ लाख रुपैयाँ रहेको छ ।
गाउँपालिकाको लागि त्यो रकम प्रयाप्त रहेको स्थानीयहरुले बताउँछ ।

गाउँपालिकामा बिकासको काम त्यती राम्रो न देखिएको बिकास निर्माणको काम फितलो देखीएको जनसमुदायको गुनासो बढ्दै गएको छ । हिजो कार्यक्रमको आयोजना गरेर हर ( हिसाबको कुरा ठिक संग नमिल्दा दिउँसो १ एक बजे भनिएको कार्यक्रम साझ ७ बजे सुरु भएको थियो ।

गाउँपालिकामा कर्मचारीको अभावको कारणले हरहिसाब् मिलान गर्न साहै्र गाह्रो परेको गाउँपालिकाका अध्यक्ष बिश्वमोहन यादवले बताए । यता कर्मचारी पुर्ती नहुदा झन्झट र अर्को जनसमुदायको गाली खानबाट पुर्सद नै छैन उनले दुखेसो पोखे ।

अध्यक्ष यादवका अनुसार म सकभर मैले क्षमताले भ्याए अनुसार म आफ्नो गाउँ पालिकालाई राम्रो गर्ने पक्षमा लागेको हुन्छु तर मैले गर्न खोजेको काममा अर्को बिपक्षी राजनीति दलहरुले गर्न खोजेको बिकास निर्माणको काममा बाधा अबरोध गर्ने गरेको बताए ।

कार्यक्रममा सम्पुर्ण वडा अध्यक्षहरु र न्यायीक समितिको संयोजक सोभा देबि यादव र गाउँपालिकाका राजनीति दल बुद्धिजीबि , पत्रकार , सशस्त्रका इन्स्पेक्टर कंचन थापा , सिमा प्रहरी चौकीका इन्चार्ज र प्रहरीका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम ढिलै भए पनि कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको गाउँ पालिकाका प्रशासकीय अधिकृत अमरेन्द्र कुशीयोत यादवले जानकारी दिनु भयो ।