अभिषेक र दिनेश फाइनलमा 


नेपाल समाचारपत्र, काठमाडौं।नारायणी मिल्कका अभिषेक बोस र स्टार इन्भेस्टमेन्टमा दिनेश राई अन्नपूर्ण पोष्ट कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको फाइनलमा प्रवेश गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हल कोर्टमा मंगलबार भएको सेमिफाइनल खेलमा अभिषेकले बी एन्ड बी का बालमुकुन्द ढुंगानालाई २१–१७, २१–१२ को सेटमा हराए। अर्को सेमिफाइनलमा दिनेशले टीयूका खेमराज भट्टलाई २१–१८, २१–१४ को सेटमा पाखा लगाए।