भक्तपुर च्याम्पियन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।भक्तपुर नगरपालिकाले दोस्रो उपत्यकाव्यापी कराँते तथा किक बक्सिङ प्रतियोगिताको सिनियरतर्फ ६ स्वर्णसहित उपाधि जितेको छ।
विद्या आर्जन सितोरियो कराँते डोजोद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्णसाथ थिमि डोजो दोस्रो भयो। भक्तपुर मेन डोजोले तेस्रो स्थानमा चित्त बुझायो।

भक्तपुरस्थित सिद्धि स्मृति प्रतिष्ठानमा भएको प्रतियोगिताको जुनियरतर्फ हिमशिखर स्कुल पहिलो, आयोजक विद्या आर्जन दोस्रो र समता शिक्षा निकेतन तेस्रो भए।
प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक डोजोका अध्यक्ष सूर्यबहादुर तामाङले जनाएका छन्।