दुर्घटना क्षतिपूर्ति


वासिङ्टन, (एजेन्सी)।बोइङ ७ सय ३७ म्याक्स विमान दुर्घटनामा ज्यान गुमाउने प्रत्येक यात्रुका परिवारलाई बोइङ कम्पनीले जनही १ लाख ४४ हजार ५ सय अमेरिकी डलर क्षतिपूर्तिस्वरुप प्रदान गर्ने भएको छ।

गत जुलाईमा बोइङले उक्त क्षतिपूर्तिका लागि आर्थिक सहयोग कोषबाट ५ करोड डलर प्राप्त हुने जानकारी दिएको थियो। यस कोषले क्षतिपूर्ति दाबीलाई स्वीकार गर्न थालेको छ।

दाबी सन् २०२० अघि पेस गर्नुपर्ने छ। तर बोइङ कम्पनीलाई अदालतमा तानिरहेका पीडित परिवारका वकिलले भने यो कोषको सस्तो लोकप्रियता कमाउने तरिका मात्र भएको बताएका छन्।