डढेलोले आकाश रातो


जाकार्ता, (एजेन्सी)।इन्डोनेसियाको जंगलमा गत हप्ता लागेको आगोका कारण जाम्बी प्रान्तको आकाशको रंग रातो भएको छ। जंगलमा लागेको भीषण डढेलोका कारण इन्डोनेसियाको एक ठूलो क्षेत्र पहिल्यैदेखि त्रसित बनेको छ।

जाम्बी प्रान्तका एक बासिन्दाले रातो रङदेखि आकाशको तस्वीर पोस्ट गर्दै आगोको धूँवाले आफ्नो आँखा र घाँटी दुखिरहेको बताएका छन्।

हरेक वर्ष जंगलमा लाग्नेगरेको आगोले इन्डोनेसियालगायत पूरै दक्षिणपूर्वी एसियाली क्षेत्रलाई प्रभावित पारेको मौसम विज्ञानका एक विशेषज्ञले बताए। हाल ब्राजिलको अमेजन जंगलमा लागेको आगोलाई लिएर विश्वभरिका नेताहरूले चिन्ता व्यक्त गरेका थिए।