मुस्लिम ब्रदरहुड सदस्य मारिए


कायरो, (एजेन्सी)।इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा प्रहरीसँगको एक भिडन्तमा इस्लामिकर कट्टरपन्थी समूह मुस्लिम ब्रदरहुडका ६ सदस्य मारिएका छन्।

राजधानीको दक्षिणपश्चिम क्षेत्रमा उक्त भिडन्त भएको र ब्रदरहुडले कयौं आतंकवादी हमला गर्ने योजना बनाइरहेको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

इजिप्टको कयौं शहरमा शुक्रबार र शनिबार राष्ट्रपति अब्देल फतह अल सिसीविरुद्ध प्रदर्शनपछि उक्त घटना बाहिर आएको हो। सरकारी सञ्चारमाध्यमले मुस्लिम ब्रदरहुडमाथि प्रदर्शनकारीलाई भड्काएको आरोप लगाएको छ।