विप्लवका उपत्यका इन्चार्ज पक्राउ


काठमाडौं, (नेस)।नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका उपत्यका ब्युरो इन्चार्ज पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवीन बीके रहेको प्रहरीले जनाएको छ।

बीकेलाई सोमबार राति प्रहरीको विशेष ब्युरोले ललितपुरबाट पक्राउ गरेको हो।यसअघि विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामा पक्राउ परेपछि बीकेलाई उपत्यका इन्चार्ज बनाइएको थियो।

बीके विप्लव माओवादीका नेता खडकबहादुर विश्वकर्माका विश्वास पात्र मानिन्छन्।