बालमुकुन्द अन्तिम आठमा


नेपाल समाचारपत्र, काठमाडौं।बी एन्ड बीका बालमुकुन्द ढुङ्गाना र टियूका खेमराज भट्ट अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत कर्पोरेट सिंगल स्पर्धाको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलकोर्टमा सोमबारदेखि शुरू भएको प्रतियोगितामा बालमुकुन्दले इनास इन्टर प्राईजेजका राजु बास्तोलालाई २१–१४, २१–१० को सोझो सेटमा हराए।