योंग स्टार क्वार्टरफाईनलमा


भैरहवा, (नेस)।योंग स्टार क्लब मडाहा रूपन्देही याँहाजारी सातौ थारु मिलन कप नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।

सोमबार ओम सतियाको कर्महवाडाडा स्थित पडसरी प्राविको खेलमैदानमा सम्पन्न खेलमा मैनहवा युवा क्लब मैनहवा कान्छी बजारलाई २–० गोल अन्तरले हराउँदै योंग स्टार अन्तिम आठमा पुगेको हो।

टोलीका लागि आठौ मिनेटमा सूर्य चौधरीले गोल गर्दै टिमलाई १–० गोलले अग्रता दिलाए भने दोस्रो हाफको १२ औं मिनेटमा अजय चौधरीले दोस्रो गोल गरेर जित सुनिश्चित गरेका थिए।