ओससि र पोखरा बिजयी


नेपाल समाचारपत्र, काठमाडौं।काठमाडांैको मुलपानीमा सञ्चालन भइरहेको एकेडेमी क्रिकेट लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा ओससी क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले जित हात पारेका छन्।

ओससीले एन्जल स्पोटर्स क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदा पोखराले रामारोशन क्रिकेट एकेडेमीलाई ९ विकेटले पाखा लगाएको हो।

पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको एन्जलले निर्धारित १४ ओभरमा ६ विकेट गुमाउँदै ६२ रन बनाएको थियो। जबाफी ब्याटिङमा उत्रेको ओससीले १२.५ ओभरमा ४ विकेट गुमाउँदै ६३ रन बनाएको थियो।

यस्तै दोस्रो खेलमा रामारोशनले ४१ रनको सामान्य लक्ष्य दिएको थियो। रामारोशनको ब्याटिङ ध्वस्त हुनुमा पोखराका सुवास भण्डारीले ७ रन दिएर ४ विकेट लिए। त्यस्तै विपिन खत्री र सुशील गिरीले ३–३ विकेट हाँसिल गरेका थिए।