नेपालको दोस्रो हार


नेपाल समाचारपत्र, काठमाडौं। अपाङ्गता भएकाको इन्डो–नेपाल स्ट्यान्डिङ क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

सोमबार भएको खेलमा भारतको स्ट्यान्डिङ टोलीले नेपाललाई ६ विकेटले पराजित ग¥यो। पहिलो खेलमा नेपाल ६१ रनले पराजित भएको थियो।

सोमबार टस जितेर पवहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १२.५ ओभरमा अलआउट हुँदै ८४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि इन्दरसिंह डिसीले सर्वाधिक २० रन बनाए। भारतका इमरान खान र नाजिरले दुई विकेट हात पारे।

८५ रनको सामान्य लक्ष्य भारतले ९.५ ओभरमा चार विकेट गुमाएर भेट्टायो। भारतका विभवले ३० तथा यादयुन्द्रर सिंहले २२ रन बनाए। नेपालका बलर मनोज थापाले तीन विकेट हात पारे।