वादोरियोद्वारा पदक विजेता सम्मानित


नेपाल समाचारपत्र, काठमाडौं।नेपाल वादोरियो कराँते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई आइतबार सम्मान गरेको छ।

अस्ट्रेलियाको मेलबर्नमा भएको भीकेएल सोकुकाइ अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका रजत विजेता सिमोन खत्री तथाकम्बोडियामा भएको दोश्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका कांस्य विजेताद्वय पुरुषोत्तम पोखरेल र विशाल खड्गी सम्मानित भए।

त्यस्तै भारतको अहमदावादमा भएको आईएसकेयू अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका स्वर्ण विजेता विकबहादुर थामी, गरिमा गिरी र सिम्मा राई, रजत धारी विशाल खड्गी, निरज गौतम र राजु बुढाथोकी तथा कांस्य विजेता अजय तामाङ र जिलेदार थारु पनि सम्मानित भए।

भारतकै विशाखापट्नममा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगिताका स्वर्ण विजेता चित्रप्रसाद श्रेष्ठ, निमा तामाङ, निखिल पकुवाल र राजकुमार तामाङ तथा रजत विजेता विशाल खड्गीलाई पनि सोही अवसरमा सम्मान गरियो।

उनीहरुलाई राखेपको सदस्य–सचिव रमेश सिलवालले प्रशंसापत्र प्रदान गरी सम्मान गरेका थिए। सो अवसरमा वादोरियो कराँते संघका अध्यक्षसमेत रहेका नेपाल कराँते महासंघका महासचिव हरिशरण केसीले सदस्य–सचिव सिलवाललाई मायाको चिनो प्रदान गरेका थिए।