लायन्सद्धारा बिध्यालयमा शुद्ध खानेपानी सहितको ट्याङ्की हस्तान्तरण


टंकराज अधिकारी,पोखरा। महानगरपालिका वडा नं. १५ फलेपाटन स्थित शिद्व मा बी मा शुद्व खानेपानी सहितको टंकी हस्तान्तरण भएको छ ।लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्विस टेक्ननोलोजी अनुरूप निर्माण गरिएको  टंकी २ लाख १२ हजार लागतमा निर्माण सम्पन्न भएको छ ।

मंगलवार बिधालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर ध्रुर्वबहादुर थापाले शुद्ध खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गर्नु भएको छ ।

खानेपानी टंकी हस्तान्तरण गर्दै प्रमुख अतिथि थापाले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उद्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु–याएको सहयोग निकै सह्रानिय रहेको बताउनुभयो । खानेपानी प्रोजेक्ट ल्याउन सफल लायन्स लिडर सोनाम स्याङपो समग्र लायन्सहरुले गौरव गर्नुपर्ने ब्यक्ति रहेको बताउनुभयों ।

पोखरा महानगरपालिका वड़ा नं १५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक बिधालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै बिधालयका र बिधार्थीका समस्यालाई लायन्ससँग जोड़ीएर धेरै समस्या हल भएको जोड़ दिदै छात्रबृति देखि शैक्षिक सामग्री वितरणले लक्षित वर्गका बिधार्थीहरुको न्युनतम आवश्यकता पूर्ति गरेको बताउनु भयों ।

त्यस्तै वड़ा नं ३ का वड़ाध्यक्ष एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविंसन प्रजुले सामाजिक र मानविय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताउनु भयों ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित शिद्व मा.बि.को खानेपानी टंकी २२ औ रहेको १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको जानकारी दिदै अन्य सरकारी स्कूललाई आवश्यकता छ भने उपलब्ध गराउन सकिने समेत जानकारी दिनुभयो ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी र शिद्व मा.बि.का प्रधानाध्यापक गुरुदत्त कोईरालाले खानेपानी टंकी निर्माणको स्वागत गर्दै लायन्स क्लब र बिदेशी बिद्यार्थीहरुले यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउन आर्थिक सहयोग र लायन्स क्लबले संयोजन गरेकोमा खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गÞरिएको थियो ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनीता शर्मा, तृतीय उपाध्यक्ष सीता तिमिल्सिना लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

सो कार्यक्रममा जोन चेयरपर्सनद्वय बुद्वबहादुर उदास, साल्वी बास्तोला, दुवै क्लबका पूर्व अध्यक्ष एवं क्लब पदाधिकारीको उल्लेख्य सहभागिता रहेको थियो ।