पानीभित्र प्रेम प्रस्ताव राख्दा प्राण हरण


वासिङ्टन, (एजेन्सी)।तान्जानियामा बिदा मनाउने क्रममा पानीभित्र आफ्नी गर्लफ्रेन्डलाई प्रेम प्रस्ताव राख्न खोज्दा एक अमेरिकी पुरुषको डुबेर मृत्यु भएको अमेरिकी अधिकारीहरूले आइतबार पुष्टि गरेका छन्।

प्रेमवा टापुको मान्ता रिसोर्टको एउटा पानीमुनिको क्याबिनमा स्टेवन बेबर आफ्नी गर्लफ्रेन्ड केनेसा एन्तोइनसँग बस्दै आएका थिए।सीसीटीभीको फुटेजमा बेबरले पानीभित्र गएर एन्तोइनेलाई विवाहका लागि प्रस्ताव राख्दै गरेको देखिन्छ।

भिडियोमा बेबरले हातले लेखेको प्रेम प्रस्ताव क्याबिनको झ्यालमा देखाउँदै गरेको दृश्य क्याबिनभित्र रहेकी एन्तोइनेले मुभी खिचिरहेको देखिन्छ।एन्तोइनेले पनि बेबर पानीमा डुबेर मरेको तथ्य फेसबुकमार्फत सार्वजनिक गरेकी छिन्।

मान्ता रिसोर्टले पनि बिहीबार अपराह्न पानीमा एक्लै फ्रि डाइभिङ गर्ने क्रममा बेबरको दुःखद मृत्यु भएको कुरा एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सो रिसोर्टका प्रमुख कार्यकारिणी अधिकारी म्याथ्यु साउसले बेबरको निधनबाट त्यहाँका सम्पूर्ण कर्मचारी र पर्यटकहरू स्तब्ध भएको जानकारी दिएका छन्।

तिनीहरूले समुद्री किनारबाट करिब २ सय ५० मिटर टाढाको रिसोर्टको सो पानीमुनिको कक्ष चार रातका लागि बुक गरेका थिए।

करिब १० मिटर पानीमुनिको त्यस क्याबिनको एक रातको मूल्य १ हजार ७
सय अमेरिकी डलर रहेको छ।