मंगलग्रहमा खानाको उपयुक्त स्रोत किरा हुन सक्ने


ओरल्यान्ड, (एजेन्सी)मंगल ग्रहमा जीवन खोज्ने र त्यहाँ मानव बस्ती बसाउनका लागि विश्वभरिका वैज्ञानिकहरू काम गरिरहेका छन्। यस क्रममा अक्सिजन र भोजनको विकल्पका बारेमा पनि खोज भइरहेका छन्।

फ्लोरिडा युनिभर्सिटीका वैज्ञानिकले एक शोधमा मंगलग्रहमा खानाका लागि अत्यन्त राम्रो स्रोत किरा हुन सक्ने बताएका छन्। यसबाहेक प्रयोगशालामा विकास गरिएका मासु र दुग्धजन्य उत्पादन पनि विकल्प हुन सक्ने बताएका छन्।

वैज्ञानिकहरूले पिठोमा आउने ६ खुट्टा भएको किराको बारेमा पनि जानकारी दिएका छन्, त्यसलाई खान सक्ने उनीहरूले सुझाएका छन्।मंगलग्रहमा सौर्य ऊर्जा, हिउँ र कार्बन डाइअक्साइड रहेको अनुमान गरिएको छ। यसबाट पानी र अक्सिजन प्रचुर मात्रामा तयार गर्न सकिनेछ। यद्यपि त्यहाँ भोजनको मुख्य स्रोत तयार गर्नमा भने धेरै समय लाग्नेछ।

स्पेसएक्सका एलन मस्कको दस्तावेजको आधारमा फ्लोरिडा विश्वविद्यालयका वैज्ञानिकहरूले एक योजना तयार पारेका छन्, जसमा १० लाखका लागि कोलोनी बसाउन सकिनेछ।

शोधका नेता किथ केननले भने– ‘मंगलग्रहमा तुरुन्त खान बनाउन सबैभन्दा कठिन काम हो, र यदि तपाईं त्यहाँ स्थायीरूपमा बस्न चाहनुहुन्छ भने तपाईंले खान अर्को ठाउँबाट आयात गर्न सकिँदैन।

ठूलो परिमाणमा खाद्यान्न उत्पादन नहुन्जेलसम्म किरालाई आहारका रूपमा लिनु उक्त कठिन परिस्थितिलाई सहज बनाउनु हुनसक्छ।

यदि रातो ग्रहमा एक किराको फर्म तयार गर्ने हो भने यसले खानाको आवश्यकता पूरा गर्न सकिनेछ। किनभेन किराहरू अत्यन्त कम पानीमा पनि जीवित रहन सक्छन् र क्यालोरीको पनि राम्रो स्रोत हो।

विगत केही वर्षदेखि स्पेसएक्सका धनी र निजी स्पेस कम्पनीहरूले मंगल ग्रहमा मानव बस्ती बसाउने प्रयासलाई गति दिएको छ। यी कम्पनीहरू रातो ग्रहमा ५० देखि १ सय वर्षमा एक पूरै सभ्यता विकसित गर्न चाहेका छन्।