सरकारको कामकारवाहीको निरन्तर खबरदारी गर्न सिटौलाको आह्वान 


न्युज अफ नेपाल, झापा । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले सरकारको कामकारवाहीको निरन्तर खबरदारी गर्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । झापाको हल्दिबारी गाउँपालिका–१ स्थित गोलधापमा बिपी अध्ययन केन्द्रले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै नेता सिटौलाले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहको सरकारको कामकारवाहीको खबरदारी गर्न आह्वान गर्नुभयो ।

“जनमुखी काम गर्नुपर्नेमा सरकार त्यसबाट विमुख भइरहेको छ, तपाईंहरु सरकारको कामकारवाहीको निरन्तर खबरदारी गर्नुस्”, उहाँले भन्नुभयो, “जनताभन्दा कोही माथि छैन ।”