पहिरोले अवरूद्व सडक सुचारू


सरस्वती न्यौपाने, रसुवा । कालिका गाउँपालिका-१ नाकुरदुङमा भदौ २५ गते सडक भासिदा पासाङ ल्हामु मार्ग अवरूद्व सडक आईतवारबाट सुचारू भएको छ ।

प्रमुख जिल्ला अघिकारि अर्जुन भण्डारीका अनुसार आईतबार करिव ५.४५ वजे नेपाली सेना कालिजग गण,सशस्त्र  प्रहरी, नेपाल प्रहरी लगायतले सडक निर्माणमा सहयोग पुराई सडक चाडै खुलेको हो।

सयौंको सङ्ख्यामा रहेका चिनको केरूङबाट आएका मालवाहक कन्टेनर र सामान बोक्न हिडेको कन्टेनर पार गरिसकेका छन।

कालिकास्थान ग्राङ बिचको राम्चे भिर नजिक राजमार्ग पुर्णरूपमा बन्द भएपछि रसुवादेखि काठमाण्डाैं सम्मको सिधा सडक अवरूद्व भएको थियो। १० दिनको प्रयास पछि असोज ५ गते ग्याविन तार जालिमा ढुङगा राखेर सडक सन्चालनमा ल्याईएको हो ।