सामाजिक सुरक्षा ऐनले साना तथा मझौला लगानी कर्तालाई विस्थापित गरेको व्यवसायीको गुनासो


यमलाल भुसाल, बुटवल । सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले साना तथा मझौला व्यवसायीलाई विस्थापित गर्ने धारणा एक कार्यक्रममा वोल्ने सरोकारवालाले औल्याएका छन् ।

विकसित तथा औद्योगिकीकरण भएका मुलुकमा लागु गर्ने ऐनलाई कृषि प्रधान मुलुकमा लागु गर्न खोज्नुले साना लगानी कर्तालाई विस्थापित गरि ठुला लगानीकर्तालाई प्राथमिकता दिन खोजेको गुनासो समेत सहभागी वत्ताहरुले बताएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आईतवार बुटवलमा आयोजना गरेको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वोल्नेहरुले सरकारले लागु गरेको ऐनले व्यवसायीलाई बचाउने भन्दा पनि श्रमिकलाई खुशि वनाउने गरि ल्याएकोले कार्यान्वयनमा समस्या उत्पन्न हुने जिकिर गरेका छन् ।

यो ऐन कार्यान्वयनका लागि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० दिनै पर्ने र त्यसमा २० प्रतिशत थप गरि श्रमिकको नाममा सामाजिक सुरक्षा कोषमा जम्मा गरि दिनु पर्ने व्यवस्था रहेको छ । ऐन कार्यान्वयन गर्ने रोजगारदााताले श्रमिकको मृत्यु भएमा वा औषधी उपचारमा भने थप रकम खर्च गर्न नपर्ने व्यवस्था गरेको छ ।

कार्यक्रममा होटल व्यवपसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले छलफल विना ल्याईएको ऐनले साना लगानी कर्ता विस्थापित हुने आशंका बढेको बताउदै ऐनको विरोध गर्नेहरुलाई श्रमिक विरोधीको आरोप लाग्ने धारणा राख्नु भयो । उहाँले श्रमिकको लागि उत्कृष्ट मानिएको ऐन विना छलफल कार्यान्वयमा समस्या आउने दावि गर्नु भयो ।

समयुक्त ट्रेड युनियन सेन्टर प्रदेश पाँचका संयोजक हरि कार्कीले ऐनले श्रमिकका लागि मात्र नभई उद्योगी व्यवसायीका लागि पनि दीर्घकालिन रुपमा राम्रो हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय लथालिङ भताभुङ गरि संचालन गर्ने व्यवसायीलाई मात्र ऐनले समस्या पार्ने धारणा व्यक्त गर्नु भयो ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन लागु नगर्ने व्यवसायीको व्यवसाय नविकरण नहुने गरि सरकारले विनिमय वनाउन लागेको पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा होटल व्यवसायी महासंघ प्रदेश पाचका उपाध्यक्ष महेन्द्र श्रेष्ठले साना लगानी कर्तालाई विस्थापित गर्ने गरि ल्याईएको ऐनले खाए खा नखाए घिचको अवस्था आएको बताउनु भयो ।

कार्यक्रममा रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष वाबुराम वोहोरा र मणिमुकुन्द्र सेन उद्यानका अध्यक्ष खेम लुईटेलले निर्वाहमुखि रुपमा व्यवसाय संचालन गरेकाहरुलाई उऐनले समस्या हुने र उनिहरु व्यवसायवाट विस्थापित हुने चेतावनी दिनु भयो ।

संघका अध्यक्ष समुन्द्र जिसीले सरकारले लागु गरेकोे योगदानमा आधारित सामाजिक सुरक्षा ऐन असल नियतले ल्याईएको भए पनि कार्यान्वयनमा जटिलता देखिएकोले पुनः विचार गर्न माग गर्नु भयो ।

संघका महासचिव माधव कुमार खनाल र व्यवसायी प्रदिप जिसीले रोजगारदाता सुरक्षित भए श्रमिकको रोजगारी सुनिश्चित हुन्छ भन्ने भावनालाई सरकारले अगिकार गर्न नसकेको धारणा राख्नु भएको थियो ।