खड्काको नेतृत्वमा टोली घोषणा


नेपाल समाचारपत्र, काठमाडौं। सिंगापुरमा हुने त्रिकोणात्मक र ओमानमा हुने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिहीबार घोषणा भएको छ।

प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा टोली समेटिएको छ। यो टोली ज्ञानेन्द्र मल्लको अनुपस्थित हुँदा दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

मल्लसँगै वसन्त रेग्मी, प्रदीप ऐरी र शरद भेषवाकर पनि टोलीमा सहभागी छैनन्।नेपालले यही सेप्टेम्बर २७ देखि अक्टोबरसम्म सिंगापुरमा त्रिकोणात्मक सिरिज खेल्नेछ। जसमा नेपालसहित जिम्बाबे र सिंगापुरको प्रतिस्पर्धा हुनेछ।

यस्तै ओमानमा ५ राष्ट्रको सहभागिता रहनेछ।सो सिरिजमा आयोजक ओमानसहित नेपाल, हङकङ, नेदरल्यान्ड, आयरल्यान्ड हुनेछन्। उक्त सिरिज अक्टोबर ५ देखि १० तारिखसम्म चल्नेछ।

नेपाली टोली यस प्रकारका छन्ः पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, पवन सर्राफ, अविनाश बोहोरा, रोहितकुमार पौडेल र सुशन भारी। तथा नयाँमा इशान पाण्डे र कुशल मल्ल रहेका छन्।