कायापलट गर्छु भन्ने मान्छे बौलाउँछ:प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे


ललित सिंह,बझाङ । परिस्थिती, अवस्था नबुझेर एकाएक कुनै पनी कुरालाई परिवर्तन र कायापलट गर्न खोजे त्यस्तो मान्छे लाई चुनौती आएर कि त बौलाउने परिस्थिती हुन्छ कि त आत्महत्या गर्ने अवस्था आउने बझाङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, कुनैपनि बिकासक्रम क्रमिकरुपमा बिस्तारै हुन्छ । कसैले रातारात बिकासको मुल फुटाउछु भन्नु हावा गफ हो ।

समाज, देशको परिस्थितीसँगै बिकासक्रम पनी पुस्तास्थान्तरण हुदै जान्छ । प्रजिअ पाण्डेले भन्नुभयो,त्यसैले म जिल्लमा रहँदा सवैसँग समन्वय गरी कानुनमा टेकेर अगाडी बढ्छु ।

जिल्लाका पत्रकारहरु सँगको भेटघाटमा जिल्लाको शान्ति सुरक्षा र नागरिकहरुको सरक्षाको लागी आफु जिल्लामा बस्दा कुनै कसुर बाँकी नराख्ने हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भएको छ । प्रजिअ पाण्डेले जिल्लाको शान्ति सुरक्षा नै प्रमुख दायित्व भएको बताउदै नागरिकहरुको विकास र सेवा सुविधाका लागी जनप्रतिनिधिहरुसँग सहकार्य गरी काम गर्ने जोड दिनुभयो ।

बुधबार जिल्लास्थित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा प्रजिअले जिल्लाको शान्ति सुरक्षामा आफु बिगतका दिन भन्दा केही फरक अनुभुति गराउँने बताउनुभयो ।

पत्रकारहरुले प्रजिअ पाण्डेलाई सरकारी कार्यलयमा हुने सुचनाहरुलाई सार्वजनिक र सहजरुपमा उपलब्ध हुने बातावरण बनाउँनु पर्ने, सरकारी कार्यलयमा हुने ढिला सुस्तीलाई जनमैत्री बनाउनु पर्ने, साथै बजार अनुगमनलाई जोड दिनु पर्ने सुझाव दिएका थिए ।

साथै प्रजिअसँगको भेटघाटमा पत्रकारहरुले लागुऔषध कारोबारलाई नियन्त्रण गर्नु पर्ने, अनावश्यक निमार्ण भइरहेका सडकहरुको जोखिमलाई घटाउन पहल गर्नु पर्ने बताएका थिए ।

जिल्लाको सुशासनका लागी जोड दिनु पर्ने बताउदै पत्रकारहरुले आग्रह पुर्वाग्रह र कसैको दवाबमा नपरी उच्च मनोबलका साथ काम गर्न पनी प्रजिअलाई सुझाव दिएका थिए ।

पत्रकारहरुले दिएका सुझाव सल्लाहलाई आत्मसाथ गर्दै प्रजिअ पाण्डेले बिधिको साशन कानुनी राज्यको प्रत्याभुत गराउन आफु लागी पर्ने बताउनु भयो ।

पत्रकारहरु बिकास निर्माण र सुशासनका लागी महत्वपूर्ण शक्ति भएकाले पत्रकार र प्रशासन मिलेर नागरिकहरुको हकहित र शुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताउनु भयो ।

प्रजिअसँगको भेटघाट कार्यक्रमा पत्रकार महासंघका अध्यक्ष जगदीश रोकाया, पूर्व अध्यक्ष जगत खड्का, पत्रकार बसन्त प्रताप सिंह, राससकर्मी ललित सिंह, शैलेन्द्र रोकाया, रमेश केसी लगाएतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर सार्की लगाएत नेपाल प्रहरी, शसस्त्र प्रहरी र अनुसन्धान प्रहरीका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।