पोखरामा मिडिया कप हुने


पोखरा, (नेस)। नेपाल सेभेन ए साइड फुटबल महासंघको आयोजनामा पोखरामा मिडिया कप सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

आगामी असोजको ९ देखि १२ गते सम्म हुने प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजारसहित सिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने पनि जानकारी दिनुभयो।

प्रतियोगितामा द्वितीय हुने समूहले नगद २५ हजारसहित सिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ।

त्यस्तै, प्रतियोगिताको फाइनल खेल अगाडि पोखराका कार्यरत सञ्चारकर्मी महिला तथा पोखरा उद्योग वाणिज्य संघका महिला उद्यमीबीच मैत्रिपूर्ण फुटबल खेलाइने छ।