घटराज मेमोरियल बन्यो डब्ल्यूडब्ल्यूक्यू विजेता


काठमाडौं, (नेस)। घटराज मेमोरियल स्कुल विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) नेपालको ‘जेनेरेसन ग्रिन क्याक्पेन’ द्वारा आयोजना गरिएको वाइल्ड विज्डम क्विज (डब्ल्यूडब्ल्यूक्यू) २०१९ को नेपाल संस्करणको विजेता बनेको छ।

२ सय ५० विद्यालयलाई उछिन्दै घटराज मेमोरियलले भारतमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको छ।

काठमाडौंको कपनमा रहेको सो विद्यालयका एक छात्र र एक छात्राले आगामी मंसिर ४ गते हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ।

काठमाडौं क्लस्टर, चितवन क्लस्टर (चितवन, बारा, पर्सा, नवलपरासी, रुपन्देही र मकवानपुर) र नेपालगन्ज क्लस्टर (बर्दिया, बाँके, कैलाली, दाङ र कञ्चनपुर) का कक्षा ६ देखि ८ मा अध्ययनरत ५ सय विद्यार्थी क्विजमा सहभागी भएका थिए।

सोमबार घोषणा गरिएको प्रतिस्पर्धाको नतिजाअनुसार काठमाडांै वल्र्ड स्कुलले दोस्रो स्थान प्राप्त ग¥यो भने श्रीकुल विद्यालयले तेस्रो स्थान हासिल ग¥यो।

भारतमा हुने अन्तर्राष्ट्रिय जमघटमा नेपाल, भारत, भुटान, हङकङ र बेलायतका विद्यार्थीबीच प्रतिस्पर्धा हुने बताइएको छ। डब्ल्यूडब्ल्यूएफले गत साउन २० मा डब्ल्यूडब्ल्यूक्यूको तेस्रो संस्करण शुरू गरेको थियो।

डब्ल्यूडब्ल्यूएफ भारतले सन् २००८ मा शुरू गरेको विद्यालयस्तरको यस्तो प्रतियोगिताको एघारौं संस्करणसम्म आइपुग्दा वन्यजन्तुसम्बन्धी एसियाको ठूलो प्रतिस्पर्धामध्येको एक बनेको छ।

युवा पुस्तालाई जैविक विविधता र प्राकृतिक स्रोत तथा तिनको दिगो उपयोगका लागि आवश्यक कदमबारे सचेत र अवगत गराउने डब्ल्यूडब्ल्यूक्यूको मुख्य उद्देश्य हो।