बैतडी, (नेस)। सुदूरपश्चिम प्रदेसका पहाडी जिल्लाहरूमा सोमबार राति भूकम्पको धक्का महशुस गरिएको छ। राति ८ बजेर १८ मिनेटमा नेपाल भारत सीमाक्षेत्र सुवा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले जानकरी दिनुभयो।
भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरालगायतका जिल्लामा महशुस गरिएको छ। भूकम्पबाट कुनै क्षति भएको जानकारी नआएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताउनुभयो।











प्रतिक्रिया